थाइ स्तुपमाथि छत्र तथा गजूर प्रतिस्थापन

बोधी संवाददाता ।
काठमाडौं, मंसिर ९ । थाइलैण्डका श्रद्धेय सोमदेज भन्ते वानारातले आज यहाँ एक समारोहका बिच श्रीकीर्ति बिहारस्थित स्तुपमा छत्र तथा गजूर प्रतिस्थापना गर्नुभयो ।
यसका साथै उहाँले त्यही विहारमा रहेको उपोसथ हलमा निर्मित बुद्धप्रतीमामाथि सेता ेतह सहितको छत्र पनि चढाउनुभएको थियो ।
यस कार्यक्रममा उहाँलाई किर्तीपुरका मयेर रमेश महर्जन तथा नेपालका लागि थाइ राजदुत भाकवत तन्सकुलले पनि साथ दिनुभएको थियो ।
सोअवसरमा आमन्त्रण गरिएका विभिन्न स्थानबाट आउनुभएका भिक्षु तथा गुरुमां एवं उपासक उपासिकाहरुले बौद्ध गाथाहरु पाठ गर्नुभएको थियो ।
यस अघि थाइ एअरवेज टिजी ३११ विमानको दुर्घटनामा सन् १९८८ जुलाइ ३१ का दिन मृत्युहुनेहरुको स्मरण गरिएको थियो ।

फोटो सौजन्य कृष्ण हरि महर्जन

2 years ago/Sunday, November 25th, 2018 /