तानसेनमा एेतिहासिक कथिनोत्सव सम्पन्न

रत्नकाजी महर्जन
तानसेन, पाल्पा, कार्तिक १८ । नेपालको थेरवाद बुद्धधर्मको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेलेको टकसार तानसेन स्थित ज्ञानमाला सभा महाचैत्य विहारमा आइतबार कथिनोत्सवको आयोजना गरियो ।

कथिन उत्सव कार्यक्रममा विहारका तर्फबाट वर्षावास बस्नुभएका रेवतबोधि महास्थविरला२ ताम्रपत्र सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उहाँले भन्नुभयो — मैले २८ वर्ष वर्षावास बिताइसकें तर तानसेनको यो वर्षावास मेरो जीवनको निम्ति सम्झनलायकको बनेको छ । मैले राम्रो उपासक उपासिकाहरु यहाँ पाएको छु ।

कथिन दान तथा त्यसपछिको अष्टपरिकार दानमा सयौं स्थानीय उपासक उपासिकाहरु सामेल भएको थिए ।

कार्यक्रममा बिमलो भन्तेले वर्षावास र कथिनोत्सवका बारेमा धर्म देशना गर्नुभएको थियो । त्यहाँ अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान लगायत लुम्बिनी तथा काठमाडौंमा बस्ने नेपाली, भारतीय तथा श्रीलंकाली भिक्षु गुरुमांहरुको उपस्थिति थियो ।

वर्षावास तथा कथिन चिवर दान आयोजना गर्न सफल भएको मा विहार कार्यसमितिका अध्यक्ष केशवलाल वज्राचार्यले व्यक्त गर्नुभयो ।

यस कथिनोत्सको पूर्व सन्ध्यामा ज्ञानमाला भजन गायन कार्यक्रमको आयोजना भएको थियो, जसमा नेपाल राष्ट्रिय ज्ञानमाला संघका अध्यक्ष रमना श्रेष्ठले दुइटा भजन गाउनुभयो ।

विसं २००४ सालमा स्थापित उक्त विहारमा विसं २००७ सालदेखि कथिन चिवर दान आयोजना हुन नसकेको र यस वर्ष अखिल नेपाल भिक्षु महासंघको सहयोगमा वर्षावास यस कार्यक्रम आयोजना गर्न सफल भएको थियो ।

औपचारिक कार्यक्रम शुरु हुनु अगाडि नेवारहरुको बाहुल्य भएको तानसेन बजारमा उपासक उपासिकाहरुको शोभा यात्राले नगरपरिक्रममा गरेको थियो, जसमा उपासक उपासिकाहरुका साथै स्थानीय जनप्रतिनिधिहरुले पनि भाग लिनुभएको थियो ।

2 years ago/Monday, November 5th, 2018 /