कथिन चीवर दान

बोधी संवाददाता
काठमाडौ, कार्तिक १६ । तीन महिने वर्षावास सकिएको उपलक्ष्यमा यहाँ स्वयम्भूस्थित आनन्द कुटी विहारमा अाज पवित्र कथिन चीवर दान कार्यक्रम सम्पन्न भयो ।
गत पुर्णिमामा सम्पन्न वर्षावासमा आनन्दकुटी विहारमा कार्यबाहक विहार प्रमुख श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थवीर, भिक्षु प्रज्ञामूर्ति महास्थवीर तथा अन्य भिक्षुहरु वर्षावास बस्नुभएको थियो । यसै कार्य सम्पन्न भएको अवसरमा यस कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको विहार व्यवस्थापनका उपासकहरुले भने ।

दान अघिको औपचारिक कार्यैक्रममा भिक्षु कोण्डन्य महास्थवीरले कथिन दानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । साथ राहुल भन्तेबाट बुद्ध पुजा सञ्चालन भएको थियो ।

डा. धम्म बिजया गुरुमां सहित विभिन्न उपासक उपासिकाहरुले यसै अवसरमा अष्ट परिष्कार पनि दान दिनुभएको थियो

यस कथिन चीवर दान कार्यक्रममा १७ जना दाताहरु थिए भने उहाँहरुले भिक्षु गुरुमांहरुलाई सांघीक भोजन दान गर्ने पनि व्यवस्था गर्नुभएको थियो ।

कार्यक्रम भन्दा अगाडि किम्डोलस्थित निर्वाण मूर्ति विहारदेखि उपासक उपासिकाहरुले आनन्द कुटी विहारसम्म शोभा यात्रा निकालेका थिए ।
यसै गरी आजै शाक्यसिंह विहार थैना, ललितपुर, अनुप उदय विहार, बुटवल तथा अन्तर्राष्ट्रिय बुद्ध परियत्ति विहार बुटवलमा पनि कथिन चिवर महोत्सवको आयोजना गरिएको थियो ।

2 years ago/Friday, November 2nd, 2018 /