अक्षेश्वरमा अस्थिधातु प्रदर्शन

बोधी संवाददाता
ललितपुर, कार्तिक ७ । आश्विन शुक्ल पूर्णिमा अथवा कतिंपुन्हीको अवसरमा यहाँ पुल्चोक स्थित अक्षेश्वर महाविहार मा शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि राखियो ।
बौद्धहरु यसरी अस्थिधातुको दर्शन गर्नुलाई ठुलो पुण्यकार्यको रुपमा लिन्छन् ।
आज भन्दा २५६२ वर्ष अगाडि भारतको कुशिनगरमा बुद्धको परिनिर्वाण भएपछि अन्त्येष्टि पछि संकलन गरिएका अस्थिधातुका कणहरु विभिन्न आठजना राजाहरुलाई पूज ागर्न बाँडिएको र पछि सम्राट अशोकले त्यसमध्ये सातवटा ठाउँबाट निकाली ८४ हजार चैत्यमा राखेको थियो भनेर बौद्धहरु भन्ने गर्दछन् । त्यसमारण उनीहरु यस अवशेषलाई पवित्र मान्दछन् ।
नेपालमा सन् १९९६ मा श्रीलङ्काबाट यस धातु उक्त विहारमा ल्याइएको थियो भने यसै वर्ष देखि निरन्तर वर्षमा हरेक आश्विन शुक्ल पूर्णिमाका दिन सर्वसाधारणका लागि दर्शनका लागि भनेर प्रदर्शन गरिन्छ ।
बौद्ध धर्मावलम्बी आज बिहानै देखि अस्थिधातु दर्शनका लागि अक्षेश्वर महाविहार पुगेका थिए ।
अक्षेश्वर महाविहार अक्षेश्वर महाविहारसंरक्षण अध्यक्ष राजेश शाक्यले हरेक वर्ष जस्तै यस पूर्णिमाका दिन बिहान ८ बजेदेखि १ बजेसम्म अस्थिधातु दर्शनका लागि राखिने बताउनु भएको छ ।
यसबाहेक आज यसै अवसरमा अक्षेश्वर महाविहारमा ज्याठाबहालका भिक्षु गुणसागरको नेतृत्वमा धारणी पाठ पनि गरिएको थियो ।

2 years ago/Wednesday, October 24th, 2018 /