धर्मकीर्तिमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

बोधी संवाददाता
काठमाडौं,आश्विन १४ ।
भन्ते धर्मकीर्ति विहार प्रमुख धम्मवती गुरुमांको ८५औं शुभजन्मोत्सवको उपलक्ष्यमा अन्तर निम्न माध्यमिक स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भयो ।

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको आयोजनामा भएको उक्त प्रतियोगितामा श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय प्रथम, जगतसुन्दर ब्वनेकुथि द्वितीय, त्रिपुरा माध्यमिक विद्ययालय तृतिय तथा त्यौड माध्यमिक विद्यालय सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।

प्रतियोगितामा सहभागी तथा विजय भएका विद्यार्थीहरुलाई धम्मवती गुरुमांले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

गुरुमांले भगवान बुद्ध जन्मेको देशमा यस्तो प्रतियोगिताले विद्यार्थीहरुलाई बुद्धधर्मको बारेमा अध्ययन गर्न सघाउ पुर्याउने कुरा बताउनुभयो ।

प्रतियोगितामा भिक्षु समित अनागारिका खेमावती र केशावती निर्णायक रहनुभएको थियो । वीर्यवती गुरुमां तथा दीना कंसाकारले क्वीजमास्टरको भूमिका निभाउनुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रतियोगिताको संयोजक सरोज मानन्धरले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

3 years ago/Sunday, September 30th, 2018 /