भन्ते गुरुमांहरुका लागि सञ्चार अभिमुखीकरण शुरु

बोधी संवाददाता
काठमाडौ, असोज ८ । भन्ते तथा गुरुमांहरुले कसरी नयाँ ढंगले धर्म देशना दिने भन्ने बारै आज एक हप्ते अभिमुखीकरण कार्यक्रम शुरु भयो ।

अखिल नेपाल भिक्षु महासंघ तथा बोधी टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा ३० जना भन्दा भन्ते तथा गुरुमांहरुले भाग लिनुभएको थियो ।

कार्यक्रम विशेष रुपले अब नयाँ पिँढीका भन्ते तथा गुरुमांहरु नयाँ ढंग बाट कसरी सञ्चार माध्यमका अगाडि पेश हुने अनि कसरी बढी प्रभावकारी किसिमले बुद्धका शिक्षाहरुमा केन्द्रित भइ धर्म देशना गर्नेै भन्ने विषयमा केन्द्रित रह्यो ।

पियदस्सी भन्तेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा पञ्ञासार भन्तेका साथै संचारकर्मी पुष्कर माथेमा तथा सुरेश मानन्धरले संचारको महत्व तथा धर्मदेशना गर्ने तरीकाका बारेमा छलफल गर्नुभएको थियो ।
कार्यक्रम एक हप्तासम्म चल्ने बताइएको थियो ।

3 years ago/Monday, September 24th, 2018 /