ललितपुरका बौद्धहरु थिमि बनेपा र नालाकाे बहापूजामा

बोधी संवाददाता
मध्यपुर, भाद्र २५ । ललितपुर ओकुबहालस्थित तःगो चिभा तुतः खलःको आयोजनामा ठिमी, बनेपा र नालामा रहेका विहारहरुको परिक्रमा गर्ने उद्देश्यले बाहा पुजाको आयोजना भयो । जसमा सातसय भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो । बाहा पुजामा सहभागीहरुले बाहा बहीमा रहेका क्वापाद्यः लगायत बुद्ध वोधिसत्व चैत्यहरुमा चामल, गेडागुडी, मिठाईका साथै दक्षिणा चढाएका थिए । उक्त कार्यक्रममा पुरुष तथा महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये पनि महिलाहरुको सहभागिता उल्लेख्य रहेको थियो । उक्त कार्यक्रममा धाःबाजा, नाय्खिं बाजाको समेत सहभागिता रहेको थियो ।
बाहा पूजा नेवार परम्परामा परापूर्वकालदेखि चलिआएको बौद्ध परम्परा हो । उपत्यकामा कसैले आप्mनो इच्छा अनुसार चैत्य स्थापना गर्ने समयमा चैत्य पुजा गरी बाहा पुजा जाने चलन रहेको छ भने, धँल्याः सापारुका दिन बाहाः बहीहरु परिक्रमा गरी बुद्ध बोधिसत्वहरुको पूजा गर्ने परम्परा रहेको छ जसलाई स्थानीय भाषामा बाहा पुजा भन्ने गरिन्छ ।
ओकुबहालको रुद्रवर्ण महाविहारबाट शुरु भई महाबुद्ध मन्दिर, ओकुबाहा बही परिक्रमा पछि उक्त पूजा ठिमीबाट पुनः शुरु भएको थियो । ठिमीको पाचोत्वाः,गार्चा, कसमा तुन्थी, चपाचो, कुतिचिभाः त्वाः, दिगु त्वाः र मरुत्वाःमा रहेको पाटी विहारबाट शुरु भई त्यहाँको दिपंकर रक्तवर्ण , जिस्वाँ बाहा, दथुबाहाः, न्हूबाहाः, बाकुबाहा, याचिंबाहा, दिगुबाहा, सुवर्णवर्ण, तःबाहा गरी १४ स्थानमा रहेका दिपंकर बुद्ध, लोकेश्वर वोधिसत्वहरुलाई पुजा गरेको थियो ।
ठिमी पछि बनेपामा रहेको पारावर्त महाविहारमा रहेको दिपंकर बुद्ध, क्वापाःद्यःलाई पुजा गरेको थियो भने अन्तमा नालामा रहेको करुणामयको मन्दिरमा पुगी बाहा पुजा समाप्त भएको थियो ।
बाहा पुजामा सहभागीहरुलाई नालामा अवस्थित धम्पो शेय्द्रुव लिंग गुम्बाको समेत भ्रमण गराएको थियो ।
उपत्यकामा रहेका बाहा बहीहरुको आप्mनै महत्व रहेको छ । जुन बाहा बहीहरु संरक्षणको अभावले गर्दा जिर्ण अवस्थामा पुगेका छन् भने कुनै आवश्यक प्रचार प्रसारको कमीले गर्दा ओझेलमा परेका छन् । यस्ता महत्वपूर्ण विहारहरुको पहिचान दिलाउन तथा विहारको संरक्षण गर्नका लागि स्थानीय व्यक्तिहरुलाई चेतना गराउन अति आवश्यक भएको देखिन्छ जसले नेपालको बुद्ध धर्मलाई टेवा दिन थप मद्दत पुग्नेछ ।

काठमाडौं उपत्यकाका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुरमा प्राचीन बाहा बही तथा थुप्रै चैत्यहरु रहेका छन् । त्यसमध्ये पनि काठमाडौंमा १८ वटा मुख्य बाहाहरु रहेका छन्, ललितपुरमा १५ वटा र भक्तपुरमा बाहाहरु रहेका छन् जसको आप्mनै किसिमको महत्व रहेको छ । त्यसबाहेक पनि भक्तपुर नजिक रहेको ठिमीमा, बनेपामा पनि विहारहरु रहेका छन् ।

3 years ago/Monday, September 10th, 2018 /