बसुन्धरादेवीको ब्रत समापन

बोधी संवाददाता
ललितपुर, साउन १५ । ललितपुरको बुद्ध धर्म संघ समितिको आयोजनामा प्रत्येक महिनाको तृतीयाको दिन संचालन हुँदै आएको बसुन्धरादेवी ब्रतको १३ औं महिनामा कनिबहालस्थित बसुन्धरा देवीको सन्मुखमा ब्रत बसाएर समापन गरिएको छ ।

 
कार्यक्रममा पहिलो दिन बसुन्धरादेवीको ब्रत तथा दोस्रो दिन कुमारीपूजा आयोजना भएको थियो ।

 

रुद्रवर्णमहाविहारका दशपारमिता आजु दानबहादुर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कनिबहालमा बसुन्धरादेवी स्थापना गर्न सहयोग गर्नु भएका राजेन्द्र शाक्यलाई सम्मान गर्नुभएको थियो साथै वर्षभरि ब्रतालुहरुलाई भोजन दान गर्नुभएका, नगद तथा जिन्सी सामान दिई सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुलाई पनि सम्मान तथा धन्यवाद पत्र प्रदान गर्नुभएको थियो ।

 
कार्यक्रममा पद्मवर्ण महाविहारका लामा भिक्षु गुणसागर, गुरुजु पद्म राज बज्राचार्य माईला गुरुजु, लगायत रुद्रवर्णमहाविहार संरक्षण समितिका पद्म बहादुर शाक्यले वसुन्धरा ब्रतको बारे आप्mनो मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा एक वर्षसम्म गुरुजु भई ब्रत संचालन गर्न सहयोग गर्नुहुने गुरुजुहरु तथा गुरुमालाई सगुन सहित उपहार पनि प्रदान गरिएको थियो । उक्त ब्रतमा सयभन्दा बढी ब्रतालुहरु उपस्थित भएको थियो । गुणागुली तिर्थ देखि शुरु भई स्वयम्भुको बसुपुर, धनद्व चैत्य, बसुन्धरा, क्वहिटी, ईदेशको बसुन्धरा, टिष्टुङ, तुकंबहाल, श्रीघः, अन्नपूर्णदेवी, जलकुम्भ देवी, नयाँसडकको कलश आदि स्थानमा ब्रत बसी अन्तमा कनिबहालमा बसुन्धरादेवी स्थापना गरी ब्रत समापन गरिएको थियो ।

 
बसुन्धरादेवीको ब्रत बस्नाले आप्mनो ईच्छा पूरा हुने, धनधान्य पूर्ण हुने, परिवारमा सुख शान्ति प्राप्त हुने र कहिल्यै अन्नपानको कमी नहुने विश्वास गरिन्छ । बसुन्धरादेवीको ब्रत हरेक वर्ष भाद्र महिनामा गातिलाको दिन बस्ने परम्परा रहेको छ साथै ब्रत सकेपछि नगर परिक्रमा गर्ने प्रचलन पनि रहेको छ ।