बुद्धधर्म केन्द्रित पुस्तक “धर्म व व्यवहार”को विमोचन

बोधी संवाददाता
काठमाडौं, साउन २७ । बौद्ध विद्वान मदन रत्न मानन्धर द्वारा लिखित बहुभाषिक पुस्तक धर्म व व्यवहारको विमोचन अखिल नेपाल भिक्षु महासंघका महासवि कौडण्य महास्थविरले शनिबार गर्नुभयो ।
भिक्षुणी धम्मवतीले भन्नुभयो — यस धर्मकीर्ति विहारका पुराना सदस्य, विहारको विभिन्न इकाईका सक्रिय पदाधिकारी श्री मदन मानन्धरकाे यस पुस्तकबाट धेरै कुराकाे जानकारी पाउनु हुनेछ भन्ने अाशा गर्दछु ।
पुस्तकको समीक्षात्मक टिप्पणीमा भिक्षु कौडण्यले भन्नु भएको छ — यस कृतिभित्र भिभिन्न शीर्षकीय लेख रचना समाविष्ट गरिएका छन् । बुद्ध र बुद्धधर्मसम्बन्धी विषयगत एवं वस्तुगत प्रस्तुतिसँगै समीक्षात्मक लेख रचना, संस्मरणात्मक अभिलेखीकरण, यात्रा संस्मरण तथा विभिक धायामिक रचनाहरु, साहित्यिक प्रस्तुति, भूगर्भ विज्ञान तथा प्राविधिक विषय, रिपोर्टाज अभिलेखीकरण एवं अनुवाद विधालाई समेटिएको यस कृतिको छुट्टै महत्व र विशेषतायुक्त सुवास्ना भरिएको आभाष जो कोही पाठक वृन्दले अनुभूत गर्न पाउनेछन् ।
वीर्यवति गुरुमांले लेखनले आफूलाई जन्म दिने बुबा आमा तथा बाजे बजैको समेत गुणलाई समेत सम्झेर यस पुस्तकको प्रकाशन गर्नु अर्को एक सुखद पक्ष भएको बताउनुभयो ।
लेखक मानन्धरले छरिएर रहेका आफ्ना लेखहरुलाई एकठाउँमा समेट्नका लागि यस पुस्तकको प्रकाशन गर्नुपरेको बताउनुभयो । उहाँले यसको प्रकाशनका लागि सहयोग गर्नुहुने सबैलाई आभार पनि प्रकट गर्नुभयो ।
पुस्तकमा लेखकले विभिन्न समयमा लेखेर पत्रपत्रिकाहरुका प्रकाशन गरसक्नुभएको ७०वटा भन्दाबढी लेखहरु संकलित छन् । लेखहरु बुद्धधर्म सम्बन्धी, समीक्षात्मक, संस्मरणात्मक, यात्रा संमरण, साहित्यिक, भूगर्भ वा प्राविधिक, रिपोर्ट तथा अनुवाद जस्ता विषयहरुमा केन्द्रित छन् ।

 

 

पुस्तक भाजुरत्न–अष्टमाया स्मृति प्रकाशनले प्रकाशित गरेको हो । तथा उक्त कार्यक्रमको सभापतित्व धर्मकीर्ति विहारका प्रमुख धम्मवती गुरुमांले गर्नुभएको थियो ।