नेपाली बुद्धकालीन विश्वकोश प्रकाशित हुने

बोधी संवाददाता
काठमाडौं, साउन २३। बुद्धकालीन भनेर चिनिने विभिन्न ग्रन्थहरु अब एकै साथ नेपालमा बुद्धकालीन विश्वकोशको नाममा छिट्टै बजारमा निस्कने भएको छ ।
साडे तेह्र हजार बढी पृष्ठको २७ वटा ग्रन्थ एकै साथ निकाल्न ललितपुर स्थित वीर–पूर्ण पुस्तक संग्रहालयले जमर्को गर्न लागेको छ ।

नेपालीमा यो विश्वकोश प्रकाशन पश्चात् बुद्ध र बुद्धधर्म सम्बनध्ी अधययन अध्यापन गर्न टेवा पुग्ने उक्त संग्रहालयले गरेको छ । स्वदेशमै बुद्धधर्म सम्बन्ध िउच्चस्तरको अध्ययन गर्न विपुल साधन उपलब्ध हुनाका साथै नेपाली साहित्य भण्डार पनि समृद्ध पार्न यसले सघाउने प्रकाशकले दाबी गरेको छ ।

संग्रहालयका अध्यक्ष एवं प्रकाशन प्रमुख दुण्डबहादुर वज्राचार्यका अनुसा पालि त्रिपिटक ग्रन्थ प्रकाशन गर्नुपूर्व नेपाली पाठकलाई त्रिपिटक वाङ्मय साहित्यसित परिचित गराउन वृहत संख्यामा ग्रन्थ प्रकाशन गर्ने योजना रहेको पनि उहाँले बताउनुभएको छ ।

पहिले लेखिएका विभिन्न बौद्ध साहित्यमा पर्ने बुद्धकालीन ग्रन्थहरुलाई नै बुद्धकालीन नेपाली विश्वकोश नामाङ्कन गरी एकसाथ प्रकाशन गर्न लागेको आज संग्रहालयले वितरण गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।