वाइएमबिएको साधारणसभा सम्पन्न

बोधी संवाददाता

काठमाडौं, साउन २२ । युवक बौद्ध मण्डल (वाइएमबिए)को ४८औं वार्षिक साधारण सभा हालै शनिवार सम्पन्न भयो ।

उक्त अवसरमा डब्लुएफबि, जेबिएफ, डब्लुएाबिवाइ र वेवाइबिए संस्थाको तर्फबाट वाइएमबिए धम्म छात्रवृत्तिका लागि सहयोग प्रदान गरिएको थियो । उक्त अवसरमा पन्ध्र जना बालबालकिाहरुलाई आगामि पाँच वर्षसम्मबा लागि अध्ययन गर्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै एकसय वर्ष पुरानो ललितविस्तर ग्रन्थ वाइएमबिएलाई दिनुहुने जुजुरत्न धाख्वालाई सम्मान गरिएको थियो ।

संस्थाको तर्फबाट महासचिव सनम शाक्यले वार्षिक प्रगति प्रतिवेदन तथा कोषध्यक्ष तेज वज्राचार्यबाट आर्थिक प्रगति विवरण पेश भएको थियो ।

वाइएमबिएका निवर्तमान अध्यक्ष राजेश शाक्य तथा वाइएमबिए क्लब२५का निवर्तमान अध्यक्ष शितल शाक्यलाई कदर पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सांसद शोभा शाक्यले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रम वाइएमबिएका अध्यक्ष अरणीतारा वज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

3 years ago/Tuesday, August 7th, 2018 /