बौद्ध वक्तृत्वकला प्रतियोगिता ललितपुरमा सम्पन्न

बोधी संवाददाता
ललितपुर, साउन २० । आषाढ पूर्णिमा तथा धर्मचक्र प्रवर्तन दिवसको उपलक्ष्यमा २६औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगिता ललितपुरमा सम्पन्न भयो ।
धम्मसाकच्छा संघ हःखाको आयोजनामा भएको उक्त कार्यक्रममा युवा बौद्ध कमितिका प्रणीता शाक्य, शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयका सलोनी शाक्य, करुणा बौद्ध केन्द्रका सन्ध्या डंगोल क्रमश प्रथम, द्वितीय तथा तृतीय हुन सफल हुनुभयो भने युवक बौद्ध मण्डलका सुनिता तुलाधर शिल्पकारले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
प्रमुख अतिथि अखिल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले विजेता सहभागीहरुलाई मैत्री चिन्ह, भिक्षु सोभित महास्थविरले प्रमाण पत्र तथा आयोजकका तर्पmबाट क्रमशः रु १२ हजार, ८ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार साथै समाजसेवी मोतिलाल शिल्पकारले थप नगर रु १ हजार सम्पूर्ण सहभागीहरुलाई प्रदान गर्नुभयो । विजेताहरुलाई हिमालय डाइजेक्टिभबाट उपहार प्रदान गरिएको थियो ।
प्रतियोगितामा शाक्यसिंह परियत्ति शिक्षालय, सुवर्ण छत्रपुर विहार, सुनन्दाराम विहार, युवा बौद्ध समूह, दिपावती पुस्तकालय, मैत्रय युवा संघ, बौद्ध युवा कमिति, रक्षेश्वर महाविहार, पद्मावती युवा समूह, दीपंकर परियत्ति शिक्षालय,जगत सुन्दर परियत्ति केन्द्र, विश्व शान्ती पुस्तकालय, जय मंगल विहार, युवक बौद्ध मण्डल र करुणा बौद्ध केन्द्रबाट क्रमशः सलोनी शाक्य, रोहिना महर्जन, अनागारिका माकिसा, अमिता महर्जन, पारमी शाक्य, प्रमिला धुख्वा, प्रणीता शाक्य, सौरभ मणि शाक्य, मन्दिरा शाक्य, आसिम बराम मगर, सचेतना मानन्धर, रोजी प्रजापति, जेनिका शाक्य, सुनिता तुलाधर शिल्पकार र संन्ध्या डंगोलले विभिन्न विषयमा आप्नो वक्तृत्व प्रस्तुत गर्नुभएको थियो ।

 


धम्मसाकच्छा संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुलमान शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट कुशलाशीष र धर्मचक्र नामक दुईवटा स्मारिका पनि विमोचन गर्नुभएको थियो । निर्णायक मण्डलमा विमलो स्थविर, डा. गौतमवीर बज्राचार्य र शाक्य सुरेन रहनु भएको थियो । कार्यक्रममा संघका सचिव गौतम शाक्यले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संजय शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा बौद्ध वक्तृत्वकला मू गुथिका नव निर्वाचित पूर्णराज शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वि.सं २०५० सालमा विश्वशान्ति पुुस्तकालयको आयोजनामा शुरु भएको यस वक्तृत्वकला पर्व आगामी वर्ष युवक बौद्ध मण्डलले आयोजना गर्ने भएको छ ।

3 years ago/Sunday, August 5th, 2018 /