थाइ तीर्थयात्रुहरु द्वारा लुम्बिनीमा पुजा

बोधी संवाददाता

लुम्बिनी साउन १३ । थाइ राजदुतावास र राजकीय थाइ बिहारको आयोजनामा आज बिहान लुम्बिनीका बिहार र गुम्बाहरुमा रहेका भिक्षुहरुलाई राजकीय बिहारमा दान प्रदान सम्पन्न भयो । सो अवसरमा नेपालका लगि थाइ राजदूत एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री भन्तेद्वारा बिहार परिसरमा बृक्षारोपण पनि भएको थियो ।

त्यस्तै दिउँसो मायादेवी मन्दिरमा चीन तथा थाई जापानी बिहार लगायत बिहार गुम्बामा बस्नुभका लामा अनीहरुद्वारा धार्मिक पाठ पनि भएको थियो ।