कोविदहरुलाई धम्मवती गुरुमांको सम्मान

बोधी संवाददाता
काठमाडौं, साउन १२ । धम्मवती गुरूमाले आज परियत्ति सध्दम्म कोविद उपाधि प्राप्त श्रध्देय भन्तेहरू, गुरूमांहरू र उपासक उपासिकाहरूलाई उहाँ गुरूमांबाट उपहार सहित सम्मान गर्नुभयो ।

उक्त कार्यक्रम उहाँको ८५ औं जन्मोत्सवको उपलक्षमा धर्मकीति विहारमा आयोजना गरिएको थियो ।

उक्त अवसरमा अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा अन्तर्गत ूपरियत्ति सद्धम्म कोविदू परिक्षा उत्तीर्ण गर्नुभएका १५० जना बौद्धिक व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा परियत्ति सध्दम्म कोविद समूहबाट पनि श्रध्देय धम्मवती गुरूमांलाई अभिनन्दन सहित उपहार प्रदान गरियो ।


कार्यक्रममा बोल्दै गुरुमांंले राम्रो धर्मको शिक्षा लिनको लागि राम्रो मानिसहरुसँग संगत गर्नुपर्ने बताउनुभयो । उहाँले बुद्धशासनको चीरस्थायीत्वको लागि बौद्ध परियत्ति शिक्षालाई जीवन्त बनाइराख्नुपर्नेमा जोड दिनुभयो ।