सिद्धिपुरमा बौद्ध हाजिरी जवाफ प्रतियोगिता

बाेधी संवाददाता
ललितपुर, साउन ३ । ऐतिहासिक रुपमा पहिलो पटक रिङ्गरोड बाहिर महालक्ष्मी नगरपालिकाको सिद्धीपुरस्थित सिद्धीमंगल विहारमा भईरहेको ४६औं बुद्ध र बुद्ध धर्मसम्बन्धी हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा शाक्यसिंह परियत्ति केन्द्र, दिपावती परियत्ति केन्द्र, युवक बौद्ध मण्डल र नकबहिल परियत्ति केन्द्र पुग्न सफल भएको छ ।

 
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो दिनमा शाक्यसिंह परियत्ति केन्द्र, दिपावती परियत्ति केन्द्र, जयमंगल विहार , दिपंकर परियत्ति केन्द्र र विश्व शान्ति पुस्तकालय बीच प्रतिस्पर्धा भएको थियो भने प्रतियोगिताको दोस्रो दिन युवक बौद्ध मण्डल, आलोक पुस्तकालय, दिपावती पुस्तकालय, सुवर्ण छत्रपुर विहार र नबहिल परियत्ति केन्द्र बीच प्रतिस्पर्धा भएको थियो ।

 
बुद्ध जयन्तीको उपलक्ष्यमा २०३० सालदेखि औपचारिक रुपमा ललितपुरमा संचालन भैरहेको यस प्रतियोगिताले बुद्ध धर्मको प्रचार प्रसार गर्ने कुरा आयोजकले बताएका छन् । प्रतियोगितामा

 

सहभागीहरुलाई प्रमुख अतिथि क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

 
हाजिरी जवाफ प्रतियोगिताका संयोजक विमलो महास्थविरले पंचशील प्रदान गरी शुरु भएको उक्त कार्यक्रममा १० वटा संघ संस्था, पुस्तकालय, परियत्ति केन्द्रले भाग लिएका थिए ।