बौद्ध विद्वान सम्मानित तथा पुस्तक विमोचित

बोधी संवाददाता

काठमाडौं, असार १६ । बौद्ध विद्वान एवं झ्वाः बहालका चक्रेश्वर फणीन्द्र रत्न वज्राचार्यलाई उहाँले जीवनभर बुद्धधर्म र दर्शनको अभ्यास एवं प्रचारप्रसारका लागि सिद्धि बौद्ध पुरस्कार प्रदान गरियो ।

उहाँलाई उक्त पुरस्कार प्रमुख अतिथि बौद्ध विद्वान प्रा डा शाक्यले प्रदान गर्नुभएको थियो ।

उक्त अवसरमा बौद्ध ग्रन्थ लंकावतार सुत्रको नेपाली अनुवादको पनि विमोचन गरियो । मूल संस्कृतमा तेश्रो वा चौथो शताब्दीमा लेखिएको उक्त ग्रन्थलाई पण्डित दिव्य वज्र वज्राचार्यले नेपालभाषामा केही वर्ष अघि अनुवाद गरिएको थियो । यसको नेपालीमा अनुवाद हालै सिद्धिविलास वज्राचार्यले गर्नुभएको छ । यो पुस्तक सिद्धिविलासको पाँचौं कृति भएको आयोजकले जानकारी दिनुभएको छ ।

पुस्तकको विमोचन गर्नुहुने वज्रराज शाक्यले उक्त पुूस्तकको ऐतिहासिक महत्वको बारेमा बोल्नुभयो ।

उक्त कार्यक्रम सरस्वती वज्राचार्यले आयोजना गर्नुभएको थियो ।

3 years ago/Sunday, July 1st, 2018 /