बुद्धधर्मसंग सम्बन्धित हुलाक टिकटहरु प्रदर्शनीमा

बोधी संवाददाता
ललितपुर असार ५ ।
बुद्ध तथा बुद्धधर्मसंग सम्बन्धित विश्वमा १५० भन्दा बढी देशले प्रकाशन गरेका हुलाक टिकटहरु बुद्धिष्ट फिलाटेली प्रदर्शनी अक्षेश्वर महाविहारको आयोजना भएको छ ।
असार २ गते देखि ५ गतेसम्म सम्पन्न भएको उक्त प्रदर्शनीमा सन् १८९३ र सन् १९०५ मा चीन र थाईलैण्डबाट निकालिएको हुलाक टिकट देखि सन् १९४९ मा नेपालबाट निकालिएको स्वयम्भु तथा महाबुद्धको मन्दिर भएको हुलाक टिकट राखिएका छन् भने बुद्ध जन्मस्थल लुम्बिनी, उहाँले २९ वर्ष बिताउनु भएको कपिलवस्तु, बुद्धत्व प्राप्त गरेको बुद्धगया, सारनाथ, कुशीनगर त्यस्तै गरी उहाँको जीवनीसंग सम्बन्धित हुलाक टिकटहरु देख्न सकिन्छ ।

 
सन् २००० मा अफगानिस्तानमा रहेको बामियान बुद्धको मूर्ति भएको हुलाक टिकट तालिवानद्वारा ध्वस्त बनाएका थिए त्यस्तै ११ वटा देशहरु मिलेर बनाएका संसारकै सबभन्दा ठूलो थांका केही वर्ष अघि रंगशालामा प्रदर्शनमा राखिएको थियो त्यसलाई मंगोलियाले संसारकै ठूलो हुलाक टिकटको रुपमा प्रकाशन गरेका थिए उक्त टिकटहरु पनि यस प्रदर्शनीको मुख्य आकर्षण रहेको छ ।

 
टिकट संकलक विनोद कृष्ण श्रेष्ठका अनुसार संसारमा १५० देशले ४२०० वटा बुद्ध धर्म सम्बन्धि हुलाक टिकटहरु प्रकाशन गरिसकेको मध्ये उहाँले प्रदर्शनमा राखेका छन् ती टिकटहरु ३० प्रतिशत मात्र रहेको उनी बताउँछन् । बुद्ध वाज वर्न इन नेपाल भनेर नारा लगाउनु भन्दा बुद्धको शिक्षालाई मनन गरी पैmलाउनुमा जोड दिनु भयो जसको लागि यस प्रकारका हुलाक टिकटहरु प्रकाशन गर्नु पनि एउटा राम्रो माध्यम भएको बताउनुहुन्छ ।

 
प्रदर्शनीमा नेपाल लगायत थाईलैण्ड, बंगालादेश, अफगानिस्तान, मंगोलिया, भारत, तिब्बत, भुटान, श्रीलंका, जापान आदि बौद्ध, इस्लामिक, मुस्लिम देशले निकालेका हुलाक टिकटहरु राखिएका छन् । जसमध्ये भुटानले सिल्क कपडामा बनाएका टिकट देखि श्रीलंकाले एकै दिनमा प्रकाशन गरेका बुद्ध स्मारकहरु भएको ५० वटा टिकट साथै सुन तथा चाँदीका हुलाक टिकटहरु पनि प्रदर्शनीमा राखिएका छन् ।

 
अहिलेका युवा वर्गलाई लक्षित गरी बुद्ध धर्मको प्रचार प्रसार गर्नुको मुख्य उद्देश्य राखी यो प्रदर्शनीको आयोजना गरेको कुरा अक्षेश्वर महाविहार संरक्षण समितिका अध्यक्ष राजेश शाक्य बताउनु भयो ।