थाई पूर्व जनरलबाट लुम्बिनीलाई चन्दा प्रदान

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, जेठ २४ । थाइल्याण्डका बुद्धधर्म अनुयायी पूर्व जनरल नोप्पारात योदभिमोलले यहाँ स्थित मायादेवी मन्दिर तथा मन्दिर परिसरको मर्मत सम्भारको लागि बुधबार लुम्बिनी विकास कोषलाई ३१ हजार अमेरिकी डलरको चन्दा प्रदान गर्नुभयो ।

थाइल्याण्डका भिजित धम्मबनुवात भिक्षुको नाममा आएको थाइ तीर्थयात्रीहरुको समुहले प्रदान गरेको उक्त चन्दा कोषका कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्यले ग्रहण गर्नुभयो ।

पूर्वजनरल नोप्पारातले आफुहरु पवित्र भूमि लुम्बिनीको र्मर्मत सम्भारका लागि भिक्षुका नाममा बुद्ध जन्मभूमि लुम्बिनीमा केही रकम चन्दा दिन आएको बताउनुभयो ।

मेजर जनरल रमिन्द्र क्षेत्रीको उपस्थितिको उक्त कार्यक्रम भएको थियो । उहाँले पूर्व जनरल नोप्पारात बुद्धधर्मका अनुयायी भएकोले हरेक वर्ष लुम्बिनीमा तीर्थाटनको लागि आउनुहुने तथा धेरै थोरै चन्दा दिएर जाने गरेको बताउनुभयो ।

3 years ago/Thursday, June 7th, 2018 /