लुम्बिनीमा भियनतामीहरुद्वारा पुजा

बोधी संवाददाता

लुम्बिनी, रुपन्देही, जेठ ८ । चीनियाँ प्रणाली अनुसार आजको दिनलाई बुद्धको जन्मदिनको रुपमा लिइन्छ । यसै उपलक्ष्यमा भियतनामी भिक्षु तथा उपासक उपासिकाहरुले यहाँ लुम्बिनीमा बुद्धको जन्मदिन मनाए ।
उनीहरुले त्यहाँ ल्याइएको सिद्धार्थको मुर्तिमाथि फूलसहितको पानीले नुहाइदिएर बुद्ध जन्म पछिको पहिलो स्नानलाई प्रतीकात्मरुपमा सम्मान जनाए ।
यसका लागि करिब ५० जनाको भिक्षु भिक्षुणी, उपासक तथा उपासिकाहरुको समुह लुम्बिनी आएका थिए ।

तीन दशकदेखि लुम्बिनीमा बसेर यहाँको विकासमा संलग्न रहनुभएका भियतनामी विहारका प्रमुख डा. लाम (थे हुयन दिउ)ले लुम्बिनीमा बुद्धको जन्म भएकोले यो विश्वभरीका बौद्धहरुको पवित्र तीर्थस्थल भएको तथा यसको विकासले विश्वभरीकै शान्तिप्रिय जनताहरुको मनमा शान्ति पलाउने विश्वास व्यक्त गर्नुभयो ।