लामा गुरुहरुको लुम्बिनी दर्शन

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही चैत्र ७। नेपालका विभिन्न धार्मिक सम्पदाहरुको भ्रमण गरी नेपालको धार्मिम विविधतासँग परिचित हुने उद्देश्यका साथ निस्कनु भएका२६ जना लामा गुरु तथा आनीहरु बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गरी आज फर्कनुभयो ।
चैत्र ४ गते शुरु भएको उक्त ४२औ बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम नाम दिइएको यात्रा देशका विभिन्न धार्मिक स्थलहरु भ्रमण गरेर यहाँ आइपुगेको तथा यहाँबाट पाल्पा तथा अन्य क्षेत्रमा जाने यसै भ्रमण टोलीका सदस्यहरुले बताउनुभएको छ ।

कार्यक्रमको अन्तमा ११ गते सहभागीहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि सहभागीहरुबाट थाहा भएको छ ।
उक्त कार्यक्रम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले आयोजना गरेको थियो ।

3 years ago/Wednesday, March 21st, 2018 /