लुबौविका डीन भद्ररत्न रहनुभएन

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही चैत्र ४ । बौद्ध विद्वान तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यका शानीबार राती १ बजे देहान्त भएको छ ।
केही दिन अघि देखि छातीमा समस्या अनुभव गरिरहनुभएको वज्राचार्यलाई राती १२.३० बजे रोगले ग्रस्त बनाएपछि बुटवल अस्पतालमा लगिएको थियो, जहाँ उहाँको निधन भएको घोषणा गरियो । उहाँको शवलाई अन्त्येष्टीको लागिराती नै काठमाडौं लगिएको तथा त्यहीँ अन्त्येष्टी गरिने थाहा भएको छ ।

७३ वर्षका वज्राचार्यका श्रीमति दुई छाेरा र दुई छोरी छन् ।
उहाँले अबको बैशाख १४ र १५गते हुने अन्तर्राष्ट्रिय बौद्ध सेमिनारको संयोजकको पनि जिम्मा लिइरहनुभएको थियो । केही हप्ता अगाडि मात्र उहाँले श्रीलंकाको भ्रमण गरी त्यहाँका विश्वविद्यालयसँग सम्झौता गरी साझेदारीमा बौद्ध दर्शनको कक्षा सञ्चालन गर्ने तयारी गर्दैहुनुहुन्थ्यो । त्यस्तै विश्वविद्यालयले गुरुयोजना बनाउँदा पनि उहाँले मस्यौदा समितिमा बसेर काम गर्नुभएको थियो । उहाँ २०६९ मंसीर २३ गते डीनको रुपमा नियुक्ति हुनुभएको थियो ।
कुनैबेला उहाँ कलश इतिहास र संस्कृति प्रधान मासिकका सम्पादक हुनुहुन्थ्यो । साथै धनवज्र वज्राचार्यको ऐतिहासिक लेखसंग्रह पनि सम्पादन गर्नुभएको थियो ।
उहाँले नेपालको एकीरणमा बहादुर शाहको भूमिका विषयमा विद्यावारिधी गर्नुभएको थियो । यसै सन्दर्भमा उहाँलाई योगी नरहरीनाट ट्रष्टद्वारा सम्मान पनि गरिएको थियो ।

उहँकाे अन्तेष्टी अाज साेमबार साँझ हुने जानकारी प्राप्त भएको छ ।

 

साँझ ६‍।३० बजे अपडेट गरिएको ।

3 years ago/Sunday, March 18th, 2018 /