ललितपुरमा काग्यूर पाठ समापन

बोधी संवाददाता
ललितपुर, फागुण २७ । यहाँ स्थित पद्म वर्ण महायान विहार ज्याथाबहालमा आज काग्यूर पाठ समापन कार्यक्रम भयो ।
भगवान बुद्धले बताउनुभएको ८४,००० श्लोक भएको काग्युर पुस्तक (त्रिपिटक)को पाठलाई माहायनी परिम्परामा निकै महत्वपूण मानिन्छ ।
कार्यक्रममा छोकी निमा रिम्पोछेले जाम्बाला अथवा कुबेर साधना पुजा गरी धर्मदेशना पनि दिनुभएको थियो ।
उक्त अवसरा पाटनका थुप्रै उपासक उपासिकाहरु धर्म श्रवणका लागि उपस्थित भएका थिए ।
3 years ago/Sunday, March 11th, 2018 /