भिक्षु धर्मपालको अन्तिम संस्कारे बुधवार हुने

बोधी संवाददाता
काठमाडौं, फागुण १९ । आज सोमबार बिहान निधन हुनुभएका शाक्यसिंह विहारका भिक्षु धर्मपाल महास्थविर (फ्रा. ख्रु. शोभन धम्मपाल महाथेरो) को शबयात्रा फागुन २३ गते बुधवार दिउँसो १ः०० बजे हुने श्री शाक्यसिंह विहार, थैना, ललितपुरबाट हुने भएको छ ।

 

 

अखिल नेपाल भिक्षु महासंघलाई प्राप्त भएका आधिकारिक जानकारीे अनुसार थेरवाद बौद्ध संस्कृतिअनुरुप बुधवार दिउँसो १ः०० बजे शबयात्रासहित शंखमूलमा अन्तिम संस्कार गरिने छ ।
उक्त जानकारी अनुसार थाइल्याण्डबाट फ्रा. ख्रु.को सम्मान प्राप्त भन्तेको अन्तिम संस्कारको लागि थाइलैण्डका प्रतिनिधिहरु समेत सहभागि हुने भएकाले यसप्रकारको ढिलाइ गरिएको हो ।
भिक्षु धर्मपालको ६२ वर्षको उमेरमा ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा २०७४ फागन १९ गते शनिवार विहान ८ः१० बजे निधन भएको थियो ।

 

 

शबयात्रा श्री शाक्यसिंह विहार, थैना—ओकुबहाल—सुन्धारा—सौगल—मंगलबजार—महापाल—क्वालखु—स्वँठ—कोबहाल—ईबही— भएर शंखमूलमा अन्त हुने छ ।

3 years ago/Saturday, March 3rd, 2018 /