भिक्षु धर्मपाल रहनुभएन

बोधी संवाददाता
काठमाडौं, फागुण १९ । नेपालमा बुद्धशासनको चीरस्थायीत्वका लागि जीवन अर्पण गर्नुहुने ललितपुरस्थित शाक्यसिंह विहारका भिक्षु धर्मपाल महास्थविर ६२ वर्षको उमेरमा ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा आज गते शनिवार विहानी ८ः१० बजे निधन हुनुभएको छ ।

 

फ्रा. ख्रु. शोभन धम्मपाल महाथेरोको नामबाट देश विदेशमा समेत परिचित भिक्षु धर्मपाल ४२ वर्षावास सम्पन्न उहा दिवंगत भिक्षु अनेभि महासंघका भूतपूर्व कार्यकारिणी सदस्य पनि हुनु हुन्थ्यो ।

 
उहाँले लामो समयसम्म बौद्ध साहित्य, दर्शनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रचार गर्दै आउनुभएको थियो । केही समय अगाडि थाइल्याण्डमा समेत सोही रोगको उपचारको लागि उहाँ जानुभएको थियोे ।

 
अखिल नेपाल भिक्षु महासंघबाट प्राप्त जानकारी अनुसार हस्पिटलबाट उहाँको पार्थिव शरीरलाई अन्तिम दर्शनको लागि शाक्यसिंह विहारमा राखी आइतबार मात्र अन्तिम संस्कार गरिनेछ ।

 

उहाँ बोधी टेलिभिजनका अध्यक्ष पनि हुनुहुन्छ ।

3 years ago/Saturday, March 3rd, 2018 /