उदयशीला गुरुमांको देहावसान

बोधी संवाददाता
काठमाडौं, मंसीर २८ । नेपालमा भगवान बुद्धको ज्ञानको प्रचार तथा थेरवाद बुद्धशासनको विकासमा जीवन समर्पण गर्नुहुने उदयशीला गुरुमांको हिजो बुधबार अपरान्ह २.३० बजे देहावसान भएको छ ।

 
काठमाडौंमा जन्मेर पद्म चैत्य विहार बुटलमा बस्दै आउनुभएकी गुरुमां हाल ९४ वर्षको हुनुहुन्छ । भिक्षु बोधिज्ञानले उहाँको शवयात्रा आज १२.३० बजे हुने जानकारी गराउनुभएको छ ।

 
विसं १९८०मा काठमाडौं तेबहाल नच्छे गल्लीमा उहाँको जन्म बुबा स्व. हेराकाजी सिख्राकार तथा आमा स्व. हेरादेवी सिख्राकारको परिवारमा भएको थियो ।

 
उहाँले ६८ वर्षको उमेरमा विसं २०५१मा धम्मावास खुसिबुँमा प्रवज्या ग्रहण गर्नुभएको थियो । उहाँका गुरु अनागारिका सुशिला गुरुमां तथा प्रवज्या अभिभावक अनागारिका कृषा गौतमी हुनुहुन्थ्यो ।

 
बुटवलका उपासक उपासिकाहरुको गरेको अनुरोध स्वीकार गरी भिक्षुणी धम्मावती गुरुमांको आदेशमनुसार उहाँ बुटवलको पद्मचैत्य विहारमा धर्मसेवा गरिरहनुभएको थियो । उहाँले विहारमा स्थानीय उपासक उपासिकाहरुलाई विमुक्ति मार्गमा लाग्न धर्मदेशना गर्ने तथा विहारमा अन्य बौद्ध गतिविधि सञ्चालनमा सहयोग गरी स्थानी बौद्धहरुलाई मार्ग दर्शनको कार्य गरिरहनुभएको थियो । साथै उहाँले त्यहाँ उक्त विहार बनाउनका साथै विभिन्न अक्षय कोष स्थापना गनै आर्थिक सहयोग पुर्याउनको साथै आवश्यक सरसल्लाह तथा निर्देशन पनि दिनुहुन्थ्यो ।

3 years ago/Thursday, December 14th, 2017 /