लुम्विनी दर्शन गर्न पाएर ब्राजिली राजदूत हर्षित

बाेधी संवाददाता
काठमाडौं, भाद्र २ । नेपालका लागि ब्राजिलका राजदुत मारिया तेरेसा पेसोभाले आज नेपाल बुद्ध भूमि भएको आफ्नो लागि एक सुखद अनुभूति भएका बताउनुभयो ।

आज यहाँ धर्मकीर्ति विहारमा ब्राजिलमा बुद्धधर्मबारे प्रवचन दिँदै उहाँले नेपालमा बुद्ध जन्मेको थाहा पाएदेखि नेपाल आउन धेरै उत्सूक भएको र यहाँ आउने अवसर जुट्ने बित्तिकै बुम्बिनीमा बुद्ध जन्मस्थलको अवलोकन गरेका पनि सुनाउनुभयो ।

 

उहाँले ब्राजिलमा हाल तेश्रो ठुलो धर्म रहको र त्यहाँ हाल लगभग ३४०,००० जति जनताले बुद्धधर्म अवलम्बन गरेको बताउनुभयाे।

 

यहाँ पहिला जापानीहरुको आप्रवासन बढ्न थाले देखि उनीहरुले यहाँ बुद्ध धर्म फैलाउन योगदान दिएको चर्चा गर्दै उहाँले हाल यहाँ विभिन्न जापानी बुद्धधर्मका शाखाहरुका साथै तिब्बती बुद्धधर्मले पनि प्रशस्त ख्याती पाएको चर्चा गर्नुभयो ।

 

अहिले ब्राजिलमा २३ वटा जेन बुद्धधर्मका मन्दिरहरु, ३४ वटा तिब्बती बुद्धधर्मका केन्द्रहरु, ७ वटा थेरवादी केन्द्रहरु३७वथा निशि होङवाङजी मन्दिरहरु र २२ वथा संघहरु, २४वटा हागाशी होङवाङजी मन्दिरहरु छन् ।

4 years ago/Friday, August 18th, 2017 /