गणमहाविहारमा चैत्य शिलान्यास सम्पन्न

बोधी संवाददाता
काठमाडौं, असार १५ । करिब ५० वर्ष अगाडि प्राचीन महाविहारको अवशेष भनेर पत्तालगाइएको गणमहाविहारमा आज एक समारोहमा बिच बौद्ध चैत्यको निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भयो ।

आज विहारको प्रांगणमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर भिक्षुणी संंघका अध्यक्ष भिक्षुणी धम्मवती, विहारका प्रमुख भिक्षु शोभित, नेपालका लागि श्रीलंकाली राजदुत  डब्ल्यू.एस. परेरा  तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

उक्त अवसरमा बोल्दै भिक्षु मैत्रीले गणमहाविहार भनेको नेपालबाट देश निकाला गरिएका भिक्षुहरु फर्केर आएर थेरवाद बुद्धधर्मको पुनरुत्थान गर्नमा महत्वपूर्ण भूमिका निभाउने भिक्षुहरुको वासस्थन भएकोले यसको उचीत संरक्षण गर्नुपर्ने बताउनुभयो ।

“यस विहारमा सुदर्शन महास्थविरका साथै शाक्यानन्द, प्रज्ञारश्मी इत्यादि भन्तेहरुको अविस्मरणीय योगदान भएकोले यो बुद्धधर्मको विकासका लागि पनि ऐतहासिक विहार हो,” उहाँले भन्नुभयो ।

भिक्षुणी धम्मवतीले आफू बर्माबाट दिक्षित भएर फर्के पछि यहाँ केही समय धर्मदेशना पनि गरेको स्मरण गर्दै

गणमहाविहारको ऐतिहासिकतामा प्रकाश पार्नुभयो । साथै उहाँले त्यागीहरु एकजुट भएमा बुद्धशासनको उन्नती हुने स्मरण गराउनुभयो ।

श्रीलंकाली राष्ट्रपति डब्ल्यू.एस. परेरा ले नेपालको थेरवाद पुनरुत्थानमा श्रीलंकाको योगदान रहेको स्मरण गर्दै भूकम्पले क्षति ग्रस्त केही बौद्धस्मारकहरुको पुननिर्माणमा श्रीलंका सरकारले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

साथै श्रीलंकाका जनताका लागि नेपालमा बुद्धको जन्मभूमि लुम्बिनी जस्तो महत्वपूर्ण बौद्ध तीर्थस्थलहरु भएकोले महत्वपूर्ण देश रहिआएको बताउनुभयो ।

मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका ऐृतिहासिक धार्मिक सम्पदास्थलको संरक्षणका लागि महानगरपालिका सदा तत्पर रहने बताउनुभयो ।