पद्मावती परियत्तिका विद्यार्थीहरुलाई पुरस्कार वितरण

बोधी संवाददाता

ललितपुर, असार ८ । पदमावती महाविहार परियत्ति केन्द्र, नःबहालमा बुधबार एक समारोहका बिच परियत्ति परीक्षमा उतीर्ण भएका परीक्षार्थीहरुलाई पुरस्कार वितरण गरियो ।

उतीर्ण परीक्षार्थीहरुलाई केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानको उपस्थितिमा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं २०का वडा अध्यक्ष चन्द्र महर्जन ले खादा वितरण गर्नुभयो । साथै उहाँहरुलाई सभापति नेमवीर शाक्यले सम्झनाको चिनो तथा पुरस्कार विशेष अतिथि समाजसेवी मोतीलाल शिल्पकारले प्रदान गर्नुभयो ।

साथै सो अवसरमा प्रशिक्षकहरुलाई पनि नगद पुरस्कार तथा खादा अर्पण सहितसम्मान गरिएको थियो ।

केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले परीयत्ति कक्षामा विद्यार्थीहरु बढ्दै गएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

प्रशिक्षक अमरावती गुरुमांले पनि सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालमा बुद्धशिक्षाको महत्व बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयाे ।
कार्यक्रम पछि शिक्षक तथा विद्यार्थीहरुले पनि परियत्ति कक्षाका विषयमा आफ्नो मन्तव्य पनि प्रस्तुत गरे ।