रानीपानीमा परियत्ति उतीर्णलाई पुरस्कार वितरण

बोधी संवाददाता
काभ्रे, जेठ २४ । रानीपानी गाउँ, काभ्रे स्थित रानीपानी परियत्ति केन्द्रमा मंगलबार  परियत्ति पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।

उक्त परियत्ति केन्द्रबाट यस वर्ष विभिन्न कक्षाहरुमा जम्मा ७३ जना विद्यार्थीहरूले जाँच दिएकोमा ७२ जना उतीर्ण भएका छन् । उतीर्ण विद्यार्थीहरुलाई केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले पुरस्कार वितरण गर्नुभयो ।

यस परियत्ति केन्द्रबाट आजाद मा.वि., दीपशिखा बोर्डिंग स्कूल तथा नवप्रतिभा स्कूलमा परियत्ति कक्षा अध्ययन अध्यापन भइरको छ जहाँ परियत्ति शिक्षा अध्यापन दिनेश चौधरीले गर्नुहुन्छ ।

कार्यक्रममा आजाद मा.वि, बालुवाका प्रधानाध्यापक प्रल्हाद तिमल्सिनाले नेपालमा परियत्ति शिक्षाको महत्व बताउँदै आजाद मा.विमा आफ्नो कार्यकालमा परियत्ति कक्षा सञ्चालन गराउन पाएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।