बौद्धहरु बागमति सरसफाइमा

बोधी संवाददाता
कठमाडौं, जेठ ११ । नेपा खोर्युक तथा कर्मपा सेवा समाज नेपालले सोमबार विश्व वातावरण दिवसको अवसरमा काठमाडौं पचली अवस्थित चिन्तामणी घाट तथा बागमति पार्कमा सरसफाईको कार्यक्रम सञ्चालन गरे ।

 

कार्यक्रममा लगभग ५० जना भिक्षुहरु र आनीहरु विभिन्न कर्म काग्यु गुम्बाहरुबाट सहभागी भएका थिए ।

 

उक्त कार्यक्रम १७औं कर्मपा उगेन थ्रिन्ले दोर्जेको निर्देशनमा सञ्चालन भएको जानकारी नेपाल कर्मा लेकशेलिङले जानकारी दिएको छ ।