गुरु उ पण्डिता आनन्द काठमाडौंमा

बोधी संवाददाता
काठमाडौं, जेठ १९ । बौद्ध गुरु उ पण्डिता आनन्दले आज एक कार्यक्रमका बिच चेतना, ध्यान तथा सम्बोधी ज्ञानका रहस्यका बारेमा प्रवचन दिनुभयो ।

उहाँले संसारका सबै बस्तु अणुहरुबाट बनेको भन्दै मानिस को हुनु भन्दा पनि के हुनुले अर्थ राख्छ भन्नुभयो ।

त्यस पछि उहाँले जीवनमा खुशी रहनुको महत्व बनाउँदै खुशी हुनका लागि स्वस्थ शरीरको आवश्यकता पर्ने बताउँदै योगका केही अभ्यास पनि सिकाउनुभयो ।

६१ वर्षिय गुरुको जन्म मलेशियाको मलाक्कामा भएको थियो । पच्चिस वर्षको उमेरमा ठुलो दुर्घटनाबाट बचेपछि उहाँले बुद्धधर्मको अध्ययन गर्नुभएको थियो । एकपल्ट उहाँ नेपालमा घुम्न आउँदा मुस्ताङ पुग्नुहुँदा उहाँले ज्ञान प्राप्त गरेको अनुभव गर्नुभयो । र त्यसै बेृला देखि उहाँ नेपालका मित्र भएर बेला बेलामा आर्थिक सहयोग पनि गरिरहनुभएको छ ।