किमडोलमा परियत्तिका विद्यार्थीहरुलाई पुरस्कार वितरण

बोधी संवाददाता
ललितपुर, जेठ १६ । स्वयम्भू किमडोल स्थित निर्वाणमूर्ति विहारमा शनिबार यसवर्षको परियत्ति परीक्षामा सफल भएका सबै परीक्षार्थीहरुलाई पुरस्कार वितरण गरियो ।

कार्यक्रममा भिक्षु बोधिज्ञानले यसवर्ष उतीर्ण भएका ३८ जना परीक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । जम्मा ४० जना परीक्षार्थी सम्मिलित भएका मध्ये २ जना बोर्डमा र ७ जना विशिष्ट श्रेणीमा उतीर्ण भएका थिए ।

प्रमुख अतिथि भिक्षु बोधीज्ञानले उक्त अवसरमा परियत्ति शिक्षको महत्व बनाउनुहँदै यसले समाजलाई नैतिक, शीलवान् र अग्रगामी बनाउने बताउनुभयो । यसका साथै उहाँले बुद्धधर्ममा पञ्चशीलको महत्व र बौद्धहरुले शीलमा बसेर जीवन यापन गर्नाले हुने फाइदाको बारेमा पनि प्रकाश पार्नुभयो ।
उक्त अवसरमा विहारका संरक्षकको तर्फबाट अमृतमान ताम्राकारले स्वागत गर्नुभयो धने विहारको परियत्ति गतिविधि बारे अनागारिका सुमनाले प्रकाश पार्नुभयो । साथै उतीर्ण भएका विद्याथीहरु मध्येबाट दुईजनाले परियत्ति अध्ययन गर्दाको अनुभव व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्व डा. धम्मविजया गुरूमांबाट भएको थियो । उहाँले थोरै समयमा पनि विहारमा परियत्ति शिक्षा ग्रहण गर्नआउने विद्यार्थीको संख्या धेरै भएकोले नेपालमा बुद्धशिक्षा पाउन चाहनेहरुको कमी नभएको उल्लेख गर्दै यसकालागि आवश्यक सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्नुभयो । यस विहारमा परियत्ति कक्षा संचालन गर्नका लागि आर्थिक सहयोग गर्नेहरु, विशेष गरेर शारदा वन्त र सानुमैंया तुलाधरलाई उहाँले धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

4 years ago/Tuesday, May 30th, 2017 /