बुद्धजयन्तिको उपलक्ष्यमा विश्वशान्तिमा बुद्धपूजा

बोधी संवाददाता
ललितपुरं, बैशाख २७ । २५६१औं बुद्ध पूर्णिमाको उपलक्ष्यमा आज विश्वशान्ति विहारमा एक बिहान बुद्धपूजाको आयोजना गरियो ।
बिहान भन्ते गुरुमांहरुलाई जलपान दान गराई ज्ञानमाला भजनका साथ प्रारम्भ भएको कार्यक्रममा बुद्धपूजा, शील प्रार्थना पश्चात् संघउपनायक ज्ञानपूर्णिक महास्थविरले बुद्धपुर्णिमाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

 

त्यसपछि भिक्षु बोधिज्ञान महास्थविरले अन्तराष्टिय बौद्ध दिवस र धर्मचक्र सूत्र पाठबारे मन्तव्य प्रस्तुत गर्नुभयो र धर्मचक्र सूत्र पाठ पनि गरियो ।

 

भोजपुर टक्सार शाक्य समाज तथा चैनपुर शाक्य समाजको आयोजनामा गरिएको उक्त बुद्ध पुजामा भोजपुर तथा चैनपुरबाट काठमाडौंमा बसोबार गर्ने मुख्यतयाः नेवारसमुदायका बौद्धहरुको उपस्थिति थियो ।