बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख २४ । २५६१ औं बुद्धजयन्तीको उपलक्ष्यमा नक्साल, हाडिगाउँ वडा नं ५ का विद्यालय स्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो ।

उक्त प्रतियोगितामा अलकापुरी स्कूल प्रथम, एडभान्स इंगलिश बोर्डिंग स्कूल दोश्रो तथा ह्वीज किड्स स्कूल तेश्रो भए ।

यसका लागि ८ वटा विद्यालयहरूको सहभागिता भएको थियो । प्रतियोगिता नर बुद्ध विहारको आयोजनामा भएको थियो ।

विजयी स्कुलका छात्रछात्राहरुलाई बुद्धपुर्णिमाको दिन एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने थाहा भएको छ ।

4 years ago/Sunday, May 7th, 2017 /