बुद्धजयन्तीको उपलक्ष्यमा भजन प्रतियोगिता सम्पन्न

बोधी संवाददाता
ललितपुर, बैशाख २४ । २५६१औं बुद्धजयन्तीको उपलक्ष्यमा यहाँ आयोजित नवौं बौद्ध संगीत जागरण कार्यक्रमको शनिबार समापन भयो ।

 

उक्त प्रतियोगितात्मक कार्यक्रममा चापागाउँको चन्द्र भैरव भजन मण्डलले उत्कृष्ट संगीतको पुरस्कार पाए । त्यस्तै असनको श्री अन्नपूर्ण ज्ञानमाला भजनले उत्कृष्ट समुह गायनको र कीर्तिपुरको पालुबः ज्ञानमाला भजन खलकले उत्कृष्ट रचनाको पुरस्कार प्राप्त गरे ।
कार्यक्रमको शुरुवातमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले उपस्थित उपासक उपासिकाहरुलाई पंचशील दिई पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो ।

 

उत्कृष्ट भजनसमुहहरुलाई भिक्षु मैत्री महास्थवीरले पुरस्कार वितरण गर्नुभएको भयो ।

 

त्रिरत्न कीर्ति विहार, समग्र ज्ञानमाला भजन खलःका अध्यक्ष जुलुम शाक्यले नेपालमा बौद्धहरुमा जागरण आएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समिति काठमाडौंका अध्यक्ष किरणकुमार जोशी, ललितपुर ज्ञानमाला समितिका अध्यक्ष डबल बहादुर शाक्य तथा त्रिरत्न कीर्ति विहारका सल्लाहकार लनबहादुर महर्जनको पनि उपस्थिति थियो ।

 

प्रतियोगिताको निर्णायक मण्डलको संयोजक संगीतकार किरण शाक्य हुनुुहुन्थ्यो भने भृगुराम श्रेष्ठ, मोहनप्रसाद जोशी तथा प्रा. सुवर्ण शाक्य सदस्य थिए ।
उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानबाट ४१ वटा ज्ञानमाला भजन समुहहरुले भाग लिएका थिए ।

 

अर्को वर्ष यस्तै प्रतियोगितात्मक भजन कार्यक्रम ललितपुरको थैबस्थित बौद्ध जागरण संघले आयोजना गरिने आयोजकहरुले बताएका छन् ।

 

तस्बीर साभार : नेवाअनलाइनन्युज

4 years ago/Sunday, May 7th, 2017 /