परियत्ति उतीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण

बोधी संवाददाता
काठमाडौं, बैशाख २२ । श्रीलंकाकी राजदूत डब्लु एस परेराले आज परोपकार परियत्ति केन्द्रबाट बौद्ध परियत्ति परीक्षामा सफल भएकाहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो ।

 

उक्त अवसरमा श्रीलंकामा पनि बालबालिकाहरु परियत्ति अध्ययन गरेर समयमै असल कर्म को बारेमा राम्रो ज्ञान राख्छन् भन्नुभयो ।

 

भिक्षु महासंघ नेपालका अध्यक्ष मैत्री महास्थवीरले सो अवसरमा नेपाल–श्रीलंका बिचको सम्बन्धको उल्लेख गर्दै नेपालबाट भिक्षुहरुलाई धर्मप्रचार गरेको आरोपमा देश निकाला गर्दा श्रीलंकाका भिक्षुहरुले गरेको योगदानको स्मारण पनि गर्नुभयो ।

 

उक्त कार्यक्रम बौद्ध महिला संघले आयोजना गरेको थियो ।