लुम्बिनीमा पर्यटन प्रवर्धन लागि ‘नमस्ते अभियान’ सुरु

 

नेपालमा बाह्य पर्यटक बढाउन ‘अतिथि देवो भव’ को भावनालाई आत्मसात् गर्दै ‘नमस्ते अभियान’ सुरु भएको छ । नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौं, चितवन, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

गैरआवसीय नेपाली संघ (एनआरएन) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबारबाट नमस्ते अभियान सुरु गरिएको छ । नेपालमा पर्यटक भिœयाउन अथिति देवो भव भन्दै नमस्ते अभियान सुरू भएको हो ।बुद्ध जन्मस्थल लुम्बिनीबाट सो अभियानको सुरूवात गर्दै महिलबार गेटबाट -याली निकालिएको थियो । अभियानअन्तर्गत सन् २०१८ सम्म १ दशमलव ५ मिलियन पर्यटक भित्र्याउने योजना रहेको एनआरएनका सदस्य प्रमोद ढकालले बताए ।

अभियानअन्तर्गत विदेशमा रहने एकजना नेपालीले तीनजना विदेशी पर्यटक नेपाल पठाउने अभियान एनआरएनले चलाउनेछन् । अभियानले विभिन्न देशमा बुद्ध वाज बर्न इन नेपाल, नेपाल डेलगायतका कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।एनआरएनएले नमस्ते अभियानअन्तर्गत पर्यटक भिœयाउन अतिथि देवो भव लेखिएको लोगोसमेत अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्दै आएको छ । संघका ७५ राष्ट्रमा रहेका शाखामार्फत लोगोलाई बजारीकरण गरिँदै छ ।

पर्यटक आगमन बढाउन पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए । पर्यटकको भिसा नवीकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिनेजस्ता योजना छन् ।

लोगोमा गरिने विद्युतीय सेन्सरले लोगो लगाएर नेपाल आउने पर्यटकको विमानस्थलदेखि होटल र ट्याक्सीमा समेत ट्रयाक गरिने योजना छ । तर, यसो गर्दा पर्यटकको प्राइभेसी पूर्ण रूपले सुरक्षित राखिने बस्नेतले जानकारी दिए । लोगोमार्फत नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको उनी बताउँछन्  ।

 

लुम्बिनीमा पर्यटक आगमन वृद्धि भए पनि बसाइ लम्बिन सकेको छैन । बसाइ लम्बाउनका लागि विकास कोषले काम गर्नुपर्ने सरोकारवालको जोड छ ।रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले लुम्बिनीलाई आकर्षक बनाउन र पर्यटकको बसाइ बढाउन सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बताए । नेपालमा सबै खालको हावापानी र बुद्ध जन्मस्थल भएकाले धेरै पर्यटक भिœयाउन सकिने सम्भावना रहेको उनले बताए ।

लुम्बिनी विकास कोषका सांस्कृतिक सल्लाहकार भिक्षु मैत्रेयले राजदूतावासबाट प्रचारात्मक कार्यक्रम गर्ने हो भने धेरै पर्यटक नेपाल ल्याउन सक्ने बताए । उनले भारतमा लुम्बिनी बनाइँदै छ भन्ने कुराको प्रचार नेपालीले गर्न आवश्यक नभएको र चिन्ता लिन पनि नपर्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले श्रीलंका र बर्माका पर्यटकलाई पर्यटन व्यवसायमा जोड्न नसकिएको बताए । त्यहाँबाट आउने पर्यटकहरू भारत हुँदै आउने र ४५ मिनेट लुम्बिनीमा घुमेर फर्किने गरेको उनले बताए । स्थानीय विकास अधिकारी युवराज सुवेदीले पर्यटकको बसाइ लम्बाउने विषयमा सबै चिन्तित हुनुपर्ने बताए । होटल व्यवसायी सीपी श्रेष्ठले पर्यटक आगमनसँगै होटलको लगानीमा समेत वृद्धि भएको बताए ।

त्यसैगरी, सौराहाका पर्यटन व्यवसायीले ¥यालीसहित यो कार्यक्रमको सुरुवात गरेका छन् । सन २०१८ मा १८ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको अभियानको क्षेत्रीय होटल संघ सौराहाले सौराहामा एक कार्यक्रमको अयोजना गरी सुरुवात गरेको छ ।

अभियानमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले नेपालको आफ्नो मौलिक आतिथ्य र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक ल्याउने लक्ष्यसहित नमस्ते अभियानसँगै अतिथि देवो भव अभियान थालिएकोजानकारी दिए ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले यस अभियानले नेपालमा पर्यटक बढाउन सहयोग पुग्ने बताउँदै सौराहाले नेपाली संस्कार र संस्कृतिलाई आप्mनै शैलीमा प्रस्तुत गर्ने बताए ।नमस्तेदेखि बाइ गर्दासम्मै उत्तिकै सत्कारको आवश्यकता रहेको बताउँदै उनले पाहुनालाई नमस्तेले स्वागत गर्दै न्यानो आतिथ्यको महसुस गराउन सके पुनः नेपाल घुम्न फर्कने बताए ।

नेपालको नेचर, कल्चर र एडभेन्चरको परिचय दिँदै अतिथि देवो भव भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैरआवासीय नेपाली सघंका अध्यक्ष भवन भट्टले नेपालमा दोब्बर पर्यटक आगमन बढाई वार्षिक १५ लाखभन्दा बढी पुर्याउने लक्ष्य लिइएको बताए ।विदेशी पर्यटकका लागि गरिँदै आएको स्वागत सत्कारले पनि थप महत्व राख्दै आएको बताउँदै स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले आगामी दिनमा पाहुनाको स्वागतलाई अझै बढाउनुपर्ने बताए ।

नेपालीको संस्कृतिका रूपमा रहेको अतिथि देवो भवलाई बाह्य देशमा बुझाउँदै जान सके यो अभियान महत्वपूर्ण हुने उनले बताए । नमस्ते अभियान कार्यक्रमअन्तर्गत वर्षभरि गरिने कार्यक्रमबारे तालिका नै बनाएर कार्यक्रम गरिने पर्यटन व्यवसायीले बताएका छन् ।विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् भएकाले नेपालमा पर्यटक बढाउन विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा गरिने भएको छ । परिषद्मार्फत विभिन्न देशमा एकजना एनआरएनले तीनजना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको छ ।

भूकम्पका कारण कम भएको पर्यटक आगमन पछिल्लो समयमा सुधार देखिएको छ । अहिले नेपालमा वार्षिक करिब ८ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक लक्ष्मण गौतमले बताए ।

साभार राजधानी दैनिक