बुद्धजयन्तीको अवसरमा अल्पकालीन श्रामणेर तथा अनागारिका प्रवज्या शिविर आरम्भ

बोधी संवाददाता
काठमाडौं, बैशाख १७ । २५६१औं बुद्धजयन्तीको अवसरमा आज अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा अल्पकालीन दुर्लभ श्रामणेर तथा अनागारिका प्रवज्या शिविर शुरु गरियो ।
दशदिवसीय सत्तिपट्ठान विपस्सना भावना कार्यक्रम सहितको यस शिविरमा १५ जना पुरुषहरु श्रामणेर तथा ६ जना महिलाहरु अनागारिका भए । यस शिविर बैशाख २८गतेसम्म सञ्चालन हुने जानकारी आयोजकहरुले दिएका छन् ।
श्रामणेर तथा अनागारिकाहरुलाई सयादो भन्तेले प्रवज्या दिनुभएको थियो ।
यस अवसरमा उहाँले वर्मा लगायत सबै बौद्ध देशहरुमा सके जीवन भर र नसके केही दिनको लागि भए पनि यस्तो प्रवज्या शिविरमा बस्नुलाई धेरै राम्रो मानिने र यसले जीवनभर सबैको राम्रो होस् भन्ने भावनाको विकास हुने बताउनु भयो । उहाँलाई अनागारिका अग्गञानीले सहयोगु गर्नु भएको थियो ।
उक्त कार्यक्रम रत्नाकर महाविहार हःखबहाल र अन्तर्राष्ट्रिय भावना केन्द्रको संयुक्त आयोजनामा भएको हो ।