विशेष ध्यान शिविर सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख १३ । अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरमा १० दिने विशेष विशेष ध्यान शिविर आज सम्पन्न भएको छ ।
बैशाख २ गते देखि बैशाख १३ गते सम्म संचालन भएको उक्त शिविरमा काठमाडौं तथा ललितपुर लगायतका ठाउँबाट आएका श्रामणेर, अनागारिका उपासक, उपासिका तथा योगी साधकसाधिकाहरू ४३ जना सहभागी भएका थिए ।
बुद्धजन्मभूमि नेपालका नेपालीहरूलाई आफ्नै परिवार जस्तै मैत्रीपूर्वक व्यवहार गर्नुहुने महोपकारक श्रद्धेय पूज्यवर सयादो उ पण्डिताभिवंश महास्थविर दिवंगत हुनु भएको १ वर्षे पुण्यतिथिको समयमा सयादोको गुण उपकार अनुस्मरण गरी उक्त शिविर सञ्चालन गरिएका आयोजकहरुले बताएका छन् ।

 

4 years ago/Wednesday, April 26th, 2017 /