बेनीमा बौद्ध विहार निर्माण सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख ११ । बेनी नगरपालिका ७ मा हालै एक वौद्ध बिहारको निर्माण सम्पन्न भएको छ ।
शनिबार आयोजित एक कार्यक्रमका बिच अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले पूण्यभूमि बुद्ध विहारको उद्घाटन गर्नुभयो ।

बेनी संगमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले उक्त विहार निर्माणको लागि आफ्नो एक रोपनी सात आना जग्गा सहयोग गर्नुभएको थियो भने  त्यसमासमुदाय स्तरबाट ५३ लाख रुपैया सहयोग जुटाएर विहारको भवन  निर्माण सम्पन्न भएको थियो ।
उक्त अवसरका विहार निर्माण गर्न सहयोग पुर्याउने सबै उपासक उपासिकाहरुलाई सम्मान पनि गरिएको थियो ।

4 years ago/Monday, April 24th, 2017 /