लुम्बिनीमा मैत्री भन्ते सम्मानित

बोधी संवाददाता

काठमाडौं, चैत ५ । तीन दशकदेखि बुद्धको जन्मस्थल लुम्बिनीलाई कर्मस्थल बनाएर त्यहाँ धार्मिक वातावरण बनाउन योगदान दिइरहनुभएका भिक्षु मैत्री महास्थवीर लुम्बिनीमा हालै सम्मानित हुनु भएको छ ।

लुम्बिनीमा सामाजिक उत्थान र बौद्ध गतिविधिलाई निरन्तरता दिएबापत त्यहाँको अन्तर्राष्ट्रिय बौद्ध समाजद्वारा उहाँलाई एक कार्यक्रममा दोसल्ला, खाना र सम्मानपत्र प्रदान गरिएको टिभीअन्नपूर्णले जनाएको छ ।

उहाँ मैत्री भन्ते गत तीन दशकदेखि लुम्बिनीमा त्यहाँका विभिन्न गाउँहरुमा निःशुल्क स्वास्थ्य, शिक्षा र खानेपानीका क्षेत्रमा समाजसेवा गर्दै आएको तथा उहाँलाई लुम्बिनी आसपाका ६२ गाउँ र कपिलवस्तुका ४ विपन्न गाउँको मुहार फेर्ने एक सामाजिक अभियन्तका रुपमा चिनिनुहुन्छ ।

सम्मान कार्यक्रममा भिक्षुका समाजसेवाबाट उत्प्रेरित भई वर्षको ३, ४ महिना आफु लुम्बिनी क्षेत्रमा आई गरिब विपन्नको सेवामा लोगेका क्यानाडाका डा. क्लाउडले बताउनुभयो ।

समाचारका अनुसार उहाँ भिक्षुले जनस्तरबाट पाएको सम्मान र मायाले आफुलाई यस क्षेत्रमा अझ गर्नै बाँकी रहेको छ भन्दै आफु बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको उत्कृष्ट गन्तब्य बनाउन अहोरात्र लाग्ने बताउनु भयो । साथै उहाँले लुम्बिनीको विकास र पहिचान संसारभर पुर्याउन पनि सक्दो योगदान गर्ने पनि उहाँले बताउनु भएको थियो ।