उदाय् समाजको संघदान कार्यक्रम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख ३ । उदाय् समाजले शनिबार काठमाडौंमा एक संघदान कार्यक्रमको आयोजना गर्यो ।
संसारका सबै प्राणीहरुको सुख, शान्ति आयु, आरोग्य को कामना गर्दै आयोजना गरिएको कार्यक्रममा उपस्थित उपासक उपासिकहरुले भोजन दान, वस्तु दान र नगद दान गरेका थिए ।
संघउपनायक भिक्षु ज्ञानपूर्णिक महास्थवीरबाट पंचशील प्रदान र त्यसपछि भिक्षु र गुरुमांहरुले परित्राण पाठ गर्नुभयो । ज्ञानपुर्णिक महास्थवीरबाट धर्मदेशना पश्चात दान प्रदानको कार्यक्रम सञ्चालन भयो ।

कार्यक्रममा उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाःले स्वागत भाषण र संघदानया संयोजक अमृतमान ताम्राकारले कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा उदाय समुदायमा विभिन्न पेशा एवं सामाजिक कार्यमा संलग्न भएका व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा करिब २०० जना भन्ते तथा गरुमांहरु सहभागी हुनुभएको थियो ।

थेरवाद बुद्धधर्ममा संघदानको अलग्ग महत्व छ । बुद्धधर्ममा भिक्षु तथा भिक्षुणी अथवा गुरुमांहरुलाई संघको एक अंश मानिन्छ र एकै स्थलमा खास अवसरका लागि उपाकसक उपासिकाहरुले देशमा भएका सबै भन्ते तथा गुरुमांहरुलाई आमन्त्रण गरेर सबैका लागि यथाशक्य दान गर्नुलाई संघदान भनिन्छ ।