धर्मकीर्तिको १६औं अल्पकालिन प्रब्रज्या शिविर सम्पन्न

बोधी संवाददाता
काठमाडौं, चैत २८ । काठमाडौं, सानो र्भयाङ्स्थित रत्न विपस्सना विहारमा १६औं अल्पकालिन प्रब्रज्या शिविर हालै समापन भएको छ ।
यही चैत १८ गते देखि २४ गते सम्म सात दिनसम्म सञ्चालित बाल प्रब्रज्या शिविरमा सहभागीहरु मध्ये १३ जना श्रामणेर व १४ जना ऋषिनी भएर बसेका थिए ।
सहभागीहरुलाई कार्यक्रमको अन्तिम दिनमा सयादो उ सुजनपिया भन्तेले पञ्चशील सहितको सम्झनाको चिनो प्रदान गर्नुभएको थियो । प्रब्रज्या शिविरका क्रममा नव प्रब्रजित किशोरहरुलाई सयादो उ सुजनपिया भन्ते, बोधिज्ञान भन्ते, रत्न विपस्सना विहारकी प्रमुख निर्मलन्यानी गुरुमां लगायत विधिन्न बौद्ध बिद्वानहरुले रमाइलो वातावरणमा बुद्धधर्म, बौद्ध शिक्षा लगायतका बिषयस कक्षा  तालिम प्रदान गर्नुभएको थियो ।

प्रब्रज्या शिविरका अन्तिम दिनमा प्रब्रजितहरुले नै समपान समारोह सञ्चालन गरेका थिए ।

4 years ago/Monday, April 10th, 2017 /