भोलि ललितपुरमा नामसंगीति पर्व मनाइँदै

बोधी संवाददाता
ललितपुर , चैत २८ । नेपालका बौद्धहरुका बिच भोलि चैत २९ का दिन बाह्रौं नामसंगीति पर्व मनाइँदैछ ।
नेपाल परम्परागत बौद्धधर्म संघले जनाए अनुसार शाक्यमुनि बुद्धले श्री धान्यकटक महाचैत्य स्थानमा श्री धर्मधातु मण्ढलमा विराजमान भई आर्य मञ्जुश्री नामसंगीति देशना गर्नुभएको दिन चैत्र पुर्णिमाको संस्मरण गरी सो दिवस मनाउन लागिएको हो ।
गत चैत २६ गतेदेखि विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइरहेको मा गत शनीबार कीर्तिपुरमा नामसंगीति बाचन तरा नकबहिलमा रक्तदान गरिएको थियो भने आइतबार भक्तपूरमा नामसंगीति बाचन गरिएको थियो । त्यस्तै किसिमले सोमबार काठमाडौंको अथःबहालमा नामसंगीति बाचन गरिएको थियो ।
त्यसपछि अन्तिम दिन मंगलबार चैत २९ गते ललितपुर नकबलिलबमा नामसंगीति वाचन गरिने कार्यक्रम छ । यसका लागि बिहान नकबहिलमा भेला भइ धलायचा, क्वालखु, झतापोल, कुम्भेश्वर, कोबहाल, स्वँथ हुँदै नकबहिलमा यात्रा समापन गरिने कार्यक्रम रहेको छ ।

२०६२ साल देखि नेपाल परम्परागत बौद्ध धर्म संघले ललितपुरमा नामसंगीतिको प्रतिमा खटमा राखी बाजागाजा सहित नगरपरिक्रमा गराउने प्रचलन चलाइएको छ ।

4 years ago/Monday, April 10th, 2017 /