जगतसुन्दरमा विपस्सना ध्यान शिविर

बोधी संवाददाता
काठमाडौं, चैत २७ । जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयमा आजदेखि विद्यार्थीहरुका लागि मासिक एकदिने विपस्सना ध्यानभावना प्रशिक्षण शिविर प्रारम्भ भएको छ ।
यसअन्तर्गत आजको लागि चन्द्र शाक्य आचार्य र रीना तुलाधार सहयोगी भएर प्रशिक्षण दिनुभएको थियो ।
हरेक महिना विद्यालयका विद्यार्थीहरुलाई विपस्सना ध्यानको आधारभूत ज्ञान दिने उद्देश्यले सञ्चालन गरिएको यस शिविर श्रृंखलामा विद्यार्थीहरुलाई कसरी मन र शरीरलाई आनापानसतिको माध्यमले समताभावले निरिक्षण गरेर बुद्धधर्मले दिएको शिक्षा जस्तो जीवन अनित्य छ भन्ने अनुभव गराएको जानकारी विद्यालयकी शिक्षिका सुनिता मानन्धरले दिनुभयो ।
उहाँका अनुसार आजको श्रृंखलामा कक्षा ६ र ७ का करिब २५ जना छात्र तथा छात्राले भाग लिएको र त्यस मध्ये केहीले केही कठिन महसुस गरेको र केहीले सहज रुपमा ध्यानलाई प्रयोगात्मक रुपमा अनुभव गरे  ।