बौद्ध गायन तालिम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, चैत २७ । वरिष्ठ बौद्ध गायिका रमना श्रेष्ठद्वारा दिइएको चार महिने गायन तालिम कार्यक्रम गत शुक्रबारसमापन भएको छ ।
तालिममा संगीतको सैद्धान्तिक ज्ञानका साथै गीत संगीतले समाजमा पार्नसक्ने प्रभावको बारेमा छलफल गरिएको थियो र विशेष गरी बौद्ध समाजमा असल धर्मका बारेमा र सजिलो भाषामा बुद्धवचन स्मरण गर्नका लागि गीत संगीतले सहयोगी भूमिका निभाउने बारे चर्चा गरिएको थियो ।
तालिम युवक बौद्ध मण्डल साँस्कृतिक उपसमितिको आयोजनमा दिइएको थियो । उक्त तालिममा विभिन्न संघसंस्थाबाट आएका १५ जना नव गायकगायिकाहरुले सहभागिता जनाएका थिए ।

4 years ago/Sunday, April 9th, 2017 /