शाक्य समाजको साधारण सभा

बोधी संवाददाता
काठमाडौं, चैत २७ ।राष्ट्रिय शाक्य समाजको चौथो वार्षिक साधारण सभा काठमाडौंको खुसिबहीमा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा समाजका महासचिव प्रा सुवर्ण शाक्यले समाजको उद्देश्य र योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने सहकोषाध्यक्ष भर्णमान शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

 

यसै अवसरमा समाजका सल्लाहकार डा. केशवमान शाक्यले एकलाख रुपैंया समाजको कोषमा सहयोग गर्नुभएको थियो । उक्त कार्यक्रम समाजका अध्यक्ष तथा पूर्व मुख्य सचिव तिर्थमान शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा मोरङ, संखुवासभा, नुवाकोट, सुनसरी, पाल्पा, गोरखा, बाँके, पर्सा आदि नेपालका ३५ जिल्लामा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।