जनबहाद्यःको रथयात्रा प्रारम्भ

बोधी संवाददाता

काठमामाडौं, चैत २२ । विशेषरुपले काठमाडौंका नेवार बौद्धहरुले आज आर्यावलोकितेश्वर वा सेतो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर गरिने वार्षिक जात्राको प्रारम्भ गरेका छन् ।

स्थानीय जनबहालमा अवस्थित गराइएको सो मूर्तिलाई खटमा राखेर बोकी ल्याई जमल तीनधारामा काठैकाठले बनाइएको विशेष रथमा राखेर त्यसलाई रत्नपार्क हुँदै आजै असन पुर्याइएको थियो ।

काठमाडौं, पाटन र भक्तपुरका हजारौं बौद्ध एवं अन्य श्रद्धालुहरु बिच उक्त रथलाई तानेर लगिएको थियो ।

उनै आर्यवलोकितेश्वरलाई अमोघपास लोकेश्वर पनि भनिन्छ भने साधारण बोलिचालीको भाषमा जनबहालमा राखिने देउता भएकोले जनबहाद्यः भनेर पनि सम्बोधन गरिन्छ ।

यिनी एब बोधिसत्व हुन् र आफु निर्वाण प्राप्त गर्ने पारमिता पूर्ण गरिसकेर पनि जबसम्म सम्पूर्ण प्राणीको हि तगर्न सकिँदैन तबसम्म बुद्धप्राप्त नर्गे अठोट लिएर अधिष्ठानमा बसेका हुन् भनेर स्थानीयहरु विश्वास गर्दछन् ।

विहंगम दृष्टिले हेर्दा यिनको एक हजार हात हुने भएपनि यहाँ प्रस्तुत मूर्ति भने सेतो वर्णका, दुई हात भएका र दायाँ हातलले अभय वर अनि बायाँ हातले कमलको फूल समातेको रुपमा चित्रण गरिएको छ ।

तीन दिनसम्म रथ यात्रा गरिसकेपछि लगनमा यात्रा पुरा गराई खटमा बोकेर पुनः मन्दिरमा प्रवेश गराइने यहाँको चलन रहेको छ ।

4 years ago/Tuesday, April 4th, 2017 /