जामाचो चैत्य जिर्णोद्धार पूजा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, चैत २१ । गत वर्षको भूकम्पमा क्षतिग्रस्त भएको जामाचो स्थित चैत्य र पाटीको हालै जिर्णोद्धार सम्पन्न भएको छ ।

यस अवसरमा चैत्यको प्रतिष्ठा पूजा गत शनिबार चोकि ङिमा रिम्पोछेको अगुवाइमा मोया आनी र अन्य बौद्ध भिक्षु एवं उपासक उपासिकाहरुको समुपस्थितिमा सम्पन्न भएको छ । उक्त अवसरमा प्राण प्रतिष्ठा पुजा, शुद्धिकरण पूजा, छोग (प्रसाद) पूजा, साङ (धुप) पूजा तथा बुद्ध पूजा गरिएको थियो ।

जिर्णोद्धार कार्यको लागि पाटनका उद्यमी धर्मरत्न शाक्यले आर्थिक सहयोगु गर्नुभएको बुझिएको छ ।
काठमाडौंको उत्तरमा रहेको यस डाँडामा विपश्वी तथागतले यहाँबाट कमलको बीज रोपण गर्नुभएको र त्यसै कमलमा स्वयम्भू उत्पत्ति भएका यहाँका बौद्धहरु विश्वास गर्छन् ।