नेपाल बौद्ध परियत्ति शिक्षा बु.सं. २५६० परीक्षाको नतिजा प्रकाशित

बोधी संवाददाता

काठमाडौं, चैत २१ । अखिल नेपाल भिक्षु महासंघद्वारा ५२ वर्षदेखि संचालन भइरहेको नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६० (वि.सं. २०७३) वर्षको माघ महिनामा संचालित प्रारम्भिक प्रथम वर्ष (कक्षा १) देखि कोविद अन्तिम वर्ष (कक्षा १०) सम्मको परीक्षाकोे परीक्षाफल प्रकाशित भएको छ ।

परीक्षा परिणाम अनुसार ७८ वटा केन्द्रको नियमित परीक्षामा २७०२ जनाले परीक्षा दिएकोमा २११२ विद्यार्थी उत्तीर्ण भएका छन् भने १४ वटा प्राइभेट केन्द्रका ७२४ जनाले प्राइभेट परीक्षा दिएकोमा ७१४ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

हाल वर्ष नियमित र प्राइभेट जाँच भएका ८५ वटा केन्द्रहरुमध्ये ललितपुरमा २८ , काठमाडौं जिल्लामा २२, भक्तपुरमा ८, रुपन्देहीमा ८, पाल्पामा ३ , गुल्मी, सुर्खेत, काभ्रेमा २र२ वटा केन्द्, सोलुखुम्बु, झापा, कपिलवस्तुमा, लम्जुङ्गमा , नुवाकोटमा, सुनसरी, कास्की, बारा, रौटहट र तनहुँमा १र१ केन्द्र रहेका छन् ।

परियत्ति केन्द्रीय परीक्ष नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले स्कूलहरूमा संचालित परियत्ति परीक्षाको नतिजा केही स्कूलहरूको अन्तिम त्रैमासिक परीक्षाको मार्कसीटमा गाभी पछि मात्र नतिजा पठाइने भएकोले प्राइभेट परीक्षाका पछि पठाइने केन्द्रका नतिजा वेभसाइटमा अपडेट हुँदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोविद तथा सद्धम्मपालक उपाधिधारी तथा बोर्ड प्राप्त परीक्षाहरूलाई हौसला वृद्धि गर्न यही आउँदो २०७४ बैशाख २ गते शनिबारको दिन दिउँसो २ः३० बजे श्रीलंकाका महामहिम राजदूतको प्रमुख आतिथ्यत्वमा सचिवालय विश्व शान्ति विहारमा हुने छ ।”

परीक्षा परिणाम सम्बन्धी विस्तृतमा जानकारीको लागि नेपाल बौद्ध परियत्ति शिक्षाको वेभसाइट  http://nepalpariyatti.com/ मा हेर्नसकिने पनि उहाँले जानकारी गराउनु भएको छ ।

4 years ago/Monday, April 3rd, 2017 /